विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीफुटिसकेको जिकिर गरेका छन् ।
आइतबार कांग्रेसको संस्थापन इतर समूहले विराटनगर आयोजना गरेको भेलालाई सम्बोधन गर्दै व्यवहारिक रुपमा कांग्रेस फुटिसकेको जिकिर गरेका हुन् ।
निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मले पार्टी टुक्रा बनाएको आरोप लगाउँदै कोइरालाले अब पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्न ढिला गर्न नहुने बताए ।
'कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । निर्वाचन आयोगको गलत निर्णय र सर्वोच्च अदालतको गलत निर्णयले टुक्रा बनायो । अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ,' कोइरालाले भने ।
अहिलेको परिस्थितिमा सबैभन्दा ठुलो र प्राथमिक आवश्यकता पार्टी एकता नै भएको स्पष्ट पार्दै उनले कांग्रेस बलियो नभई देशको विकास सम्भव नहुने जिकिर गरे ।
उनले परिवर्तनको पक्षमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर लड्नुपर्ने बताए ।