Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

बालेन सरकारलाई महेश बस्नेतको चेतावनी- ६ महिना पनि टिक्न नदिने गरी सशक्त आन्दोलन गर्छौँ

बालेन सरकारलाई महेश बस्नेतको चेतावनी- ६ महिना पनि टिक्न नदिने गरी सशक्त आन्दोलन गर्छौँ

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।

बस्नेतले सिमा जस्तो संवेदनशील विषयमा राष्ट्रघाती अभिव्यक्ति दिने बालेनलाई प्रधानमन्त्री मानेर बस्नुपरेको भन्दै आक्रोस समेत पोखेका छन् ।

यस्ता अभिव्यक्ति दिने नेतृत्वविरुद्ध राजनीतिक प्रतिवाद गर्नुपर्ने धारणा राख्दै उनले भने- 'संसदमा बोल्ने कोही छैन। जनताले यो भन्दा बढी बुझ्नुपर्ने केही छैन। अब एमालेको अगुवाइमा हामीले बालेन सरकारलाई ६ महिना पनि टिक्न नदिन जेनजी आन्दोलनभन्दा सशक्त आन्दोलन गर्न आवश्यक छ।'

बस्नेतको सो अभिव्यक्तिले वर्तमान राजनीतिक अवस्थामाथि थप विवाद उत्पन्न हुने संकेत गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077