Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति कार्यालयबाट दुई थान हात्तीका दाह्रा चोरी, काटेर भागबन्डा लगाउने ५ जना पक्राउ

राष्ट्रपति कार्यालयबाट दुई थान हात्तीका दाह्रा चोरी, काटेर भागबन्डा लगाउने ५ जना पक्राउ

बुधवार , जेठ २०, २०८३

काठमाडौं । जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी गरिएका दुई थान हात्तीका दाह्रासहित ५  जना पक्राउ परेका छन् ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा २४ सै घण्टा सेनाको सुरक्षामा रहने राष्ट्रपति कार्यालय पनि प्रदर्शनकारीको निशानामा परेको थियो । 

त्यतिक्रममा प्रदर्शनकारीले राष्ट्रपति निवासमा आगजनी गर्नुका साथै राष्ट्रपति बस्ने कुर्सीदेखि, भित्तामा सजाइएका सामग्राीहरु समेत जलाउने र तोडफोड गर्ने काम भएका थिए । 

यसैको मौका छोपेर केही प्रदर्शनकारीहरुले राष्ट्रपति भवनका भित्तामा राखिएका दुई थान हात्तीका दाह्रा समेत चोरी गरेका थिए ।

करिब ९ महिनापछि उक्त चोरी भएका हात्तीका दाह्रासहित ५ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्क तथा मनमैजु क्षेत्रबाट पक्राउ गरेको हो । 

मंगलबार राति अपरेसन चलाएर पक्राउ गरिएका ५ जनाको नाम भने गोप्य राखिएको छ । 

पक्राउ परेका व्यक्तिहरुले राष्ट्रपति कार्यालयबाट चोरी गरेर लगेका दाह्रा काटेर भाग लगाएर आ-आफ्ना घरमा सजाएर राखेको समेत पाइएको छ ।

अपराध अनुसन्धान कार्यालयकाअनुसार चोरीमा संलग्नहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077