काठमाडौं । काठमाडौंमा एक घरबाट १ करोडभन्दा बढीको गरगहना चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालका रिन्जी लामाको घरबाट एक करोड रुपैयाँभन्दा बढीका सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरी भएको हो ।
मंगलबार दिउँसो कपडा धोएर छतमा सुकाउन गएको मौकामा ती गरगहनाहरू चोरी भएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
हाल चोरीमा संलग्न व्यक्ति फरार रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जसका लागि अपराध अनुसन्धान कार्यालयका साथै प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौंले यो घटनाको अनुसन्धान अघि बढाएका छन् ।