Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हितेन्द्रदेवको घरमा चोरी गर्ने भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान

हितेन्द्रदेवको घरमा चोरी गर्ने भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा तत्कालीन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा चोरी गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कारागार चलान भएका छन् ।

शाक्यको ललितपुर महानगरपालिका–११ ढटल मार्गस्थित घरमा चोरीको आरोपमा पक्राउ परेका भारतको बेतिया जिल्लाका १८ वर्षीय सरोज आलम कारागार चलान भएका हुन् ।

आलमलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि कारागार पठाइएको हो ।

शाक्यको घरमा सञ्चालन रहेको रेष्टलस नामको एनजीओबाट केही डलर, हितेन्द्रदेवले पाएका दीर्घ सेवा पदक, अवकाश पदक, हितेत्द्र देवका बाबुले प्राप्त गरेका शुभराज्य रोहण पदक, मोबाइल, सुनचाँदीका सिक्का, गहना, अन्य विभिन्न सरसामानहरू गरी १६ लाख रुपैयाँभन्दा बढीको सरसामान चोरी भएको भएको थियो ।

उनीसँगै पक्राउ परेका अन्य तीन जनालाई भने धरौटीमा छाड्न आदेश भएको थियो ।

चोरी आरोपमा काभ्रेको रोशी गाउँपालिक–१ खहरेका २५ वर्षीय फुर्साङ लामा, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का २२ वर्षीय सहजाद मिया मंसुरी र रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का २८ वर्षीय मनिष सुनारलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये लामालाई ६० हजार र बाँकी दुई जनालाई जनही ३०/३० हजार धरौटीमा छाड्न आदेश भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077