Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोरीका मोटरसाइकल र मोबाइलसहित ४ जना पक्राउ

चोरीका मोटरसाइकल र मोबाइलसहित ४ जना पक्राउ

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल, स्कुटर र मोबाइल लगायतका सामग्री चोरी गर्नेहरु पक्राउ परेका छन् । 

प्रहरी प्रभाग बूढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा सिन्धुलीका मेन्सुहाङ राई, काठमाडौंका शमिर तामाङ, खोटाङका प्रज्वल राई, दोलखाका जनम तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुको साथबाट चोरी भएका मोटरसाइकल, स्कुटरदेखि विभिन्न कम्पनीका मोबाइलहरु समेत बरामद गरिएका छन् । 

प्रहरीले उनीहरुको साथबाट  बूढानिलकण्ठबाट चोरी भएको बुलेट मोटरसाइकल, ठमेलबाट चोरि भएको स्कुटर, ललितपुरबाट चोरी भएको स्कुटर, कालिमाटीबाट चोरी भएको बुलेट मोटरसाइकल, बानेश्वरबाट चोरी भएको बुलेट मोटरसाइकल र आईफोनदेखि विभिन्न अन्य कम्पनीका एन्ड्रोइड फोन समेत बरामद गरेको छ ।

उनीहरूलाई हिरासतमा राखि थप अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077