काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो बजेट भाषण सुरु भएको छ ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण हुने भएपछि प्रधानमन्त्री शाह पनि संसद् भवनमा पुगेका छन् ।
यसअघि बालेन प्रतिपक्षी दलहरुले दैनिक संसद बैठकमा प्रधानमन्त्रीको उपस्थिति खोज्दा बेवास्ता गर्दै आएका थिए ।
यता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि हरेक अर्थमन्त्रीले ब्रिफकेस बोकेर बजेट भाषण गर्न संसद् भवन जाने परम्परा तोड्दै नेपाल सरकारको लोगो अंकित एउटा रेकर्ड बुक बोकेर संसद् भवनमा पुगेका छन् ।
अर्थमन्त्री डा. वाग्लेले नेपालका प्रथम अर्थमन्त्री सुवर्ण शमशेर राणालाई स्मरण गर्दै बजेट भाषण गरेका छन् ।