काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट स्वीकृत गरेको छ ।
आज बसेको मन्पित्ररिषद् बैठकले बजेट वक्तव्य स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटसम्बन्धी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।
आजै अपरान्ह ४ बजे दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दैछन् ।
अर्थ मन्त्रालयले २२ खर्ब हाराहारीको बजेट तयारी गरेको छ।
संसद्मा दुईतिहाइ बहुमत भएको राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो सरकार भएकाले यसपटक आउने बजेट हेर्न सबै उत्सुक छन्।