Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणमा विक्री गरिने

नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणमा विक्री गरिने

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा विक्री गरिने घोषणा गरेका छन् ।

शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले सो जानकारी दिएका हुन् ।

उनकाअनुसार ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र विक्री गरिने छ ।

'नेपाल टेलिकममा ६६ प्रतिशत संघीय सरकारको सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने, प्राप्त रकम नेपाललाई  टेक हब बनाउन प्रयोग गर्नेछौं,' उनले भने । 

सेयर विक्रीबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने पनि उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077