Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दलित बालबालिकाको बालपोषण भत्ता मासिक एक हजार रुपैयाँ पुर्‍याइयो

दलित बालबालिकाको बालपोषण भत्ता मासिक एक हजार रुपैयाँ पुर्‍याइयो

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत देशभरका दलित बालबालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्ता दोब्बर बनाउने घोषणा गरेको छ। 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक न्याय, समावेशिता र समान अवसरमा आधारित विकासलाई प्राथमिकतामा राख्दै सो घोषणा गरेका हुन् ।

आगामी आर्थिक वर्षदेखि उक्त भत्ता मासिक एक हजार रुपैयाँ उपलब्ध गराइने भएको छ।

उनले समाजका लक्षित वर्गका लागि सञ्चालन गरिएका सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077