Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोहलपुरमा मिटरब्याज आतंक, डीएसपीले लिएनन् उजुरी

कोहलपुरमा मिटरब्याज आतंक, डीएसपीले लिएनन् उजुरी

बिहिवार , जेठ १४, २०८३

कोहलपुर । बाँकेको कोहलपुर क्षेत्रमा मिटरब्याज र गुन्डागर्दी  बढ्न थालेको छ । प्रहरीले उजुरी नलिदा यस्ता गतिविधिमा संलग्नहरूको मनोबल बढेको स्थानीय बताउँछन् ।

कोहपुर २ टोपेन्द्र महरा (भुन्टे) को समूहको गतिविधि बढेको हो।  उनको समूहविरुद्ध हालै इप्रका कोहलपुरमा उजुरी परेपछि डीएसपी चक्र डम्बर पालले उजुरी लिएनन् ।

उनको समूहले कोलहपुरस्थित इस्क्वायर क्याफेका सञ्चालक कृष्ण थापालाई ६० लाख रुपैयाँ मिटरब्याजमा लगानी गरेका थिए ।

स्रोतका अनुसार ब्याज नतिरेको भन्दै उनको समूहको व्यक्ति रेष्टुरेन्टमा पुगेर थापाका बुबा नवराज थापालाई ज्यान मार्ने धम्की दिएका थिए ।

जुन विषयमा उजुरी परेपछि डीएसपी पालले होल्ड गरेका हुन् । स्रोतका अनुसार भुन्टे समूहका धिरज बुढा, सन्तोष एफसी, लोकेन्द्र जंग शाही, बिजय शाही, मोहित थापा, समिर विश्वकर्मा लगायतविरुद्ध उजुरी परेको छ ।

उनीहरु मिटरब्याजका साथै अवैध आइसीको कारोबार तथा क्यासिनोमा जुवा खेलाउने र मिटरब्याजमा पैसा लगानी गर्ने समूह भएको भनेर उजुरी परेको छ । कोहलपुर प्रहरीकै संरक्षणमा उनीहरुको गतिविधि बढेको स्थानीयको आरोप छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077