Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

बुधवार , जेठ १३, २०८३

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारेख बुझ्न जिल्ला अदालत काठमाडौं पुगेका छन् ।

बुधबार सभापति लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन सम्बन्धी अदालतमा विचाराधीन मुद्दामा तारेख बुझ्न बबरमहलस्थित अदालत पुगेका हुन् । 

लामिछानेले आफू विरुद्ध दर्ता भएको उक्त मुद्दामा कानुनी प्रक्रिया अनुसार आजको तारेख बुझेको अदालतका सूचना अधिकारी शिव खतिवडाले पुष्टि गरेका छन् ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा पुर्‍याएर अपचलन गरेको आरोपमा लामिछाने विरुद्ध मुद्दा दायर भएको थियो ।

यसअघि अदालतले सोही मुद्दाको थुनछेक बहसपछि उनलाई ६० लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

सोही आदेश अनुरूप उनी नियमित रूपमा अदालतमा उपस्थित भई तारेख धान्दै आएका हुन् ।

यसैबीच अब उनको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077