काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।