Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य निर्वाचित, कोषाध्यक्षमा मनिषलाल

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य निर्वाचित, कोषाध्यक्षमा मनिषलाल

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।

महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार शुक्रबार भएको निर्वाचनबाट वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी रामचन्द्र सांघईले ३० मत प्राप्त गरेका छन् ।

यसैगरी कोषाध्यक्ष पद मनिषलाल प्रधान विजयी भएका छन् । प्रधानले ६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

प्रधानले ६१ मत पाउँदा प्रतिस्पर्धी अम्बिका पौडेलले २५ मत पाएकी छिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077