Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखप्रति रुष्ट बनेका साम्पाङले भने- निरन्तर विरोध चल्छ, बरु निलम्बन हुन तयार छौँ

सभामुखप्रति रुष्ट बनेका साम्पाङले भने- निरन्तर विरोध चल्छ, बरु निलम्बन हुन तयार छौँ

'जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ'

बुधवार , जेठ ६, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम सांसद हर्क साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरू निलम्बन हुन तयार रहेको बताएका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले आगामी पाँचवर्षसम्म निरन्तर विरोध गर्ने बताएका हुन् ।

विरोध गरेकै कारण आफूहरू निलम्बन हुन पनि तयार रहेको साम्पाङको भनाई छ ।

उनले भने- 'जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ । जनताको लागि, सार्वभौम संसदका लागि निलम्बन हुन पनि तयार छौँ।' 

आज पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर विरोध जनाएका थिए । निरन्तरको विरोधपछि सभामुख डीपी अर्यालले उनीहरूलाई सदमा मर्यादित भएर बस्न चेतावनी दिएका थिए । 

तर, सदनबाट बाहिर निस्किएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले पर्चा देखाएर गरेको प्रदर्शन जारी राख्ने बताएका छन् ।

सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफूहरूको विरोध रहेको उनले बताए । 

उनले भने- 'सभामुख सबैको साझा हो । सभामुखको अभिव्यक्ति र व्यवहार साझा हुनुपर्छ । हामीले एउटा पर्चा देखाएर, हाम्रो यो छ माग, यो छ विरोध, यहाँनिर हाम्रो असहमति छ भन्न पाइँदैन ?'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077