Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीश सिफारिससम्बन्धी सबै निवेदन १ बजेभित्र दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको आदेश

प्रधानन्यायाधीश सिफारिससम्बन्धी सबै निवेदन १ बजेभित्र दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको आदेश

सोमवार , जेठ ४, २०८३

काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध वरिष्ठता मिचेको दाबी गरिएको रिटको दरपिठविरुद्धको निवेदन १ बजेभित्र दर्ता गर्न आदेश दिएकी छन् ।

२०८३  वैशाख २५ गते संवैधानिक परिषद्‍बाट प्रधानन्यायाधीशमा सिफारिस गर्दा वरिष्ठताको आधारमा नगरी चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई सिफारिस गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सिलवाललगायतले सर्वोच्चमा रिट पेस गरेका थिए। 

उक्त रिट सर्वोच्चका रजिस्ट्रारबाट रिट दर्ता गर्न अस्वीकार गरी दरपिठ गरिएको थियो । दरपिठविरुद्ध दिएका निवेदन होल्ड गरेर राखिएपछि रिट निवेदक प्रेम सिलवालले बिहानै कामु प्रधानन्यायाधीश मल्ललाई भेटेर इजलासमा पेस हुने निवेदन समेत दर्ता नभएको भनी उजुरी दिएका थिए । 

उक्त उजुरीपछि कामु प्रधान्यायाधीशले एक बजेभित्र दर्ता गर्न आदेश गरेकी हुन् ।

कामु प्रधानन्यायाधीश मल्लले प्रधानन्यायाधीशको सिफारिसविरुद्ध परेका रिट शर्माको निर्देशनमा दर्ता गर्न रोकिएको आदेशमा उल्लेख गरेकी छिन् ।

'कानुनले तोकेको विधि र प्रक्रियाबमोजिम अदालतमा दर्ता हुन आएका निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ ।  यस्तो अवस्थामा नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ बमोजिम प्रधान न्यायाधीशको हैसियतले आवश्यक निर्देशन एवं आदेश गर्नुपर्ने आवस्थाको विद्यमानता देखियो,' आदेशमा भनिएको छ ।

सर्वोच्च प्रशासनले दर्ता गरेपछि उक्त निवेदनको पहिलो सुनुवाइ जेठ ५ गते  हुने छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077