Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युद्धविरामको समय सकिन लागेको भन्दै इरानलाई ट्रम्पको धम्की - केही पनि बाँकी रहने छैन

युद्धविरामको समय सकिन लागेको भन्दै इरानलाई ट्रम्पको धम्की - केही पनि बाँकी रहने छैन

सोमवार , जेठ ४, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प बनेपछि कडा चेतावनी दिएका छन् । उनले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि बाँकी नरहने चेतावनी दिएका हुन् ।

ट्रम्पले भनेका छन्, 'इरानको समय घर्किँदै गइरहेको छ, उनीहरूले तुरुन्तै कदम चाल्नुपर्छ, अन्यथा उनीहरूसँग केही पनि बाँकी रहने छैन। समय निकै महत्त्वपूर्ण छ।'

अर्कोतर्फ, इरानी सञ्चारमाध्यमहरूले भने अमेरिकाले इरानको पछिल्लो प्रस्तावमाथि कुनै सकारात्मक कदम नचालेको आरोप लगाएका छन्।

इरानको मेहर न्यूज एजेन्सीका अनुसार अमेरिकाको यो सम्झौताहीन अडानले जारी वार्तालाई थप गतिरोधतर्फ धकेल्नेछ। गत हप्ता मात्र इरानले अमेरिकाका मागहरूलाई अस्वीकार गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077