Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनबाट फर्किए लगत्तै इरानको आणविक कार्यक्रम २० वर्ष रोक्ने ट्रम्पको दाबी

चीनबाट फर्किए लगत्तै इरानको आणविक कार्यक्रम २० वर्ष रोक्ने ट्रम्पको दाबी

शनिवार , जेठ २, २०८३

चीनसँग ट्रम्पको नयाँ सम्झौता संकेत : ‘इरानसँग आणविक हतियार हुन दिँदैनौँ’ एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम २० वर्षसम्म निलम्बन गर्ने विषयमा आफूलाई कुनै आपत्ति नरहेको बताएका छन्।

चीन भ्रमण सकेर एयर फोर्स वानमार्फत अमेरिका फर्किने क्रममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने स्पष्ट सन्देश दिएका हुन्।

ट्रम्पका अनुसार चिनियाँ राष्ट्रपति सि जिनपिङसमेत इरानसँग आणविक हतियार नहोस् भन्ने पक्षमा छन्।

उनले भने, “राष्ट्रपति शि जिनपिङ इरानसँग आणविक हतियार नहोस् भन्ने विषयमा पूर्ण रूपमा विश्वस्त हुनुहुन्छ। साथै उहाँ स्ट्रेट अफ होर्मुज खुला रहोस् भन्ने चाहनुहुन्छ।”

ट्रम्पले इरानबाट तेल खरिद गर्ने चिनियाँ तेल कम्पनीहरूमाथि लगाइएको अमेरिकी प्रतिबन्ध हटाउने विषयमा पनि केही दिनभित्र निर्णय लिने संकेत दिएका छन्। यसले अमेरिका–चीन सम्बन्धमा नयाँ समीकरण बन्न सक्ने आकलन गरिएको छ।

त्यसैगरी उनले चीनले अमेरिकाबाट अर्बौँ डलर बराबरको भटमास खरिद गर्ने जानकारी दिँदै यसलाई अमेरिकी किसानका लागि “ठूलो राहत र राम्रो समाचार” बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077