Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनले २०० बोइङ जेट किन्ने ट्रम्पको दाबी

चीनले २०० बोइङ जेट किन्ने ट्रम्पको दाबी

शुक्रवार , जेठ १, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङका २०० वटा जेट खरिद गर्न सहमति जनाएको दाबी गरेका छन् ।

ट्रम्पले सी चिनफिङ सँगको वार्तापछि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनका अनुसार चीनले व्यावसायिक विमान खरिद गर्ने यो एक दशकयताकै ठूलो सम्झौता हो ।

ट्रम्पले भने, 'चीन आज २०० वटा जेटको अर्डर दिन गइरहेको छ।' तर, उक्त सम्झौताबारे ह्वाइट हाउसले आधिकारिक पुष्टि वा टिप्पणी गरेको छैन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार सम्झौताको विस्तृत विवरण पनि सार्वजनिक गरिएको छैन।

यसैबीच, समाचार सार्वजनिक भएपछि अमेरिकी विमान निर्माता कम्पनी बोइङको सेयर बजारमा करिब चार प्रतिशतले गिरावट आएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077