Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘डोजर आतंक बन्द गर’ भन्दै मधेसमा सुकुम्बासीको आक्रोश, बालेनविरुद्ध सडकमा उत्रिए भूमिहीन परिवार

‘डोजर आतंक बन्द गर’ भन्दै मधेसमा सुकुम्बासीको आक्रोश, बालेनविरुद्ध सडकमा उत्रिए भूमिहीन परिवार

आइतवार , बैशाख २७, २०८३

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा भूमिहीन सुकुम्बासी समुदायले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

भूमि तथा आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै धनुषा, महोत्तरी र रौतहटका विभिन्न स्थानमा प्रदर्शन गरिएको हो।

राष्ट्रिय भूमि अधिकार मञ्चको आह्वानमा धनुषाको ढल्केबर, महोत्तरीको बर्दिबास र रौतहटको चन्द्रनिगाहपुरमा सुकुम्बासी समुदाय सडकमा उत्रिएको थियो। प्रदर्शनकारीहरूले ‘डोजर चलाउन पाइँदैन’, ‘भूमि हाम्रो अधिकार हो’, ‘उठिबास बन्द गर’ तथा ‘सुकुमवासीलाई आवास सुनिश्चित गर’ जस्ता नारासहित सरकारको विरोध गरेका थिए।

ढल्केबरमा आयोजित प्रदर्शनमा सहभागीहरूले प्लेकार्डसहित बजार परिक्रमा गर्दै आवासको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए।

प्रदर्शनपछि आयोजित कोणसभामा भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियार ले सुकुम्बासी बस्ती हटाउनुअघि वैकल्पिक व्यवस्थापन अनिवार्य गर्नुपर्ने बताएका थिए।

यस्तै, महोत्तरीको बर्दिबासमा भप्सी खोलाबाट सुरु भएको जुलुस मुख्य बजार क्षेत्र हुँदै सिन्धुली रोड चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले सरकारको ‘डोजर अभियान’ तत्काल रोक्न चेतावनी दिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077