Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन सरकारले घर मात्रै होइन, जनताको सपना पनि भत्कायो : दुर्गा प्रसाई

बालेन सरकारले घर मात्रै होइन, जनताको सपना पनि भत्कायो : दुर्गा प्रसाई

शनिवार , बैशाख २६, २०८३

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमाथि नागरिकको घरसँगै सपना समेत भत्काएको आरोप लगाएका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा बोल्दै प्रसाईँले निर्वाचन सम्पन्न भएको दुई महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी लाई मतदान गरेका मतदाता पछुताउन थालेको दाबी गरे ।

उनले विदेशमा रहेका नेपालीहरूले परिवारलाई घण्टी चुनाव चिह्नमा मतदान गर्न दबाब दिएको प्रसंग उल्लेख गर्दै अहिले अवस्था उल्टिएको टिप्पणी गरे ।

‘हिजो विदेशमा रहेका दाजुभाइहरूले घरमा फोन नगरेर घण्टीमा भोट नहाले घर नै आउँदिन भनेर घुर्की लगाए । आज नेपालबाट आमाबुबाले भनिरहेका छन् — अब घर नै छैन, कुन घर फर्किन्छस् ?’ प्रसाईँले भने ।

उनले आफूले सुरुदेखि नै बालेन नेतृत्वको सरकार अमेरिकाको चाहनामा बनेको दाबी गर्दै आएका भए पनि त्यसबेला कसैले विश्वास नगरेको बताए । अहिले सरकारका गतिविधिले आफ्नो आरोप पुष्टि गरेको उनको भनाइ थियो ।

प्रसाईँले सरकारमाथि न्यायपालिकामा समेत हस्तक्षेप गरेको आरोप लगाए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077