Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, १० दिनभित्र प्रमाणसहित निवेदन दिन आग्रह

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, १० दिनभित्र प्रमाणसहित निवेदन दिन आग्रह

शनिवार , बैशाख २६, २०८३

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धउजुरी आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

समितिले शनिबार सूचना प्रकाशित गर्दै शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त नभएको ठान्ने व्यक्ति वा संस्थालाई स्पष्ट आधार, तथ्य र प्रमाणसहित १० दिनभित्र उजुरी पेश गर्न आग्रह गरेको हो ।

सूचनाअनुसार उजुरी शिष्ट, मर्यादित र तथ्यपरक भाषामा लेखिएको हुनुपर्नेछ । उजुरी संसदीय सुनुवाइ समिति, सङ्घीय संसद् सचिवालय सिंहदरबारस्थित कार्यालय वा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत बुझाउन सकिने व्यवस्था गरिएको छ ।

उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा खुलाउनुपर्ने समितिले जनाएको छ । यद्यपि, उजुरीकर्ताको चाहनाअनुसार नाम गोप्य राखिने व्यवस्था पनि गरिएको छ ।

समितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त हुने उजुरीहरू तोकिएको समयभित्र सङ्घीय संसद् सचिवालयमा पठाइदिन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

प्रधान न्यायाधीश नियुक्तिपूर्व हुने संसदीय सुनुवाइ प्रक्रियाअन्तर्गत सार्वजनिक रूपमा उजुरी आह्वान गर्ने संवैधानिक अभ्यासअनुसार समितिले सूचना जारी गरेको हो । अब प्राप्त उजुरीका आधारमा समितिले प्रस्तावित प्रधान न्यायाधीश शर्मासँग छलफल तथा सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077