काठमाडौं । होर्मुज स्ट्रेटमा फेरि अमेरिका र इरानबीच झडप भएको छ । शुक्रबार दुवै देशका सैन्य बलबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इरानको अर्धसरकारी समाचार एजेन्सी फार्सका अनुसार शुक्रबार होर्मुज स्ट्रेट क्षेत्रमा इरानी सशस्त्र सेना र अमेरिकी नौसेनाबीच प्रत्यक्ष झडप भएको हो । घटनापछि उक्त क्षेत्रको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको बताइएको छ ।
यसैबीच अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले ओमानको खाडीमा रहेको इरानी बन्दरगाहतर्फ प्रवेश गर्ने प्रयास भइरहेका दुई इरानी झण्डावाहक खाली ट्यांकरमाथि आक्रमण गरिएको जनाएको छ ।
अमेरिकाले ती जहाजहरूलाई ‘सन्दिग्ध गतिविधि’मा संलग्न रहेको आरोप लगाएको छ ।
यसअघि बिहीबार राति पनि होर्मुज क्षेत्रमा अमेरिका र इरानबीच गोलाबारी भएको थियो ।