Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका ६ जना एसएसपी डीआईजीमा बढुवा

सशस्त्र प्रहरीका ६ जना एसएसपी डीआईजीमा बढुवा

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ । 

गत वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले रिक्त ६ पदमा डीआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

बढुवा समितिको सिफारिसअनुसार गृह मन्त्रालयले उनीहरूलाई एसएसपीबाट डीआईजीमा बढुवा गरेको हो । 

बढुवा हुनेमा दिगविजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की रहेका छन् ।

उनीहरूलाई सोमबार सशस्त्र प्रहरीको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिने छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077