Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीश सिफारिसमा वरीयता मिचिएको भन्दै सर्वोच्चमा रिट

प्रधानन्यायाधीश सिफारिसमा वरीयता मिचिएको भन्दै सर्वोच्चमा रिट

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । संवैधानिक परिषदले वरीयता मिचेर प्रधान न्यायाधीशसिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको भन्दै शुक्रबार सर्वोच्चमा रिट पेस गरेका हुन् ।

प्रधानन्यायाधीश सिफारिस प्रथम दृष्टि मै संविधानको आधारभूत परिकल्पना विपरीत रहेको एव यसले न्यायिक स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हुने त्रिपाठीको जिकिर छ।

न्यायपालिकालाई कार्यपालिकाको मातहतमा ल्याउन खोजेकोले सोलाई बदर गरी पहिलो वरीयतालाई सिफारिस गर्न भनी परमादेश जारी गर्न माग गरिएको छ ।

बिहीबार बसेको संबैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सर्वोच्च अदालतमा चौथो वरियतामा रहेका न्यायाधीश शर्माको नाम प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेलगायतले पनि असहमति जनाएका छन् ।

नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई पन्छाउँदै रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको यो पहिलो घटना हो। यसले न्यायिक वृत्त, कानुन व्यवसायी र राजनीतिक तहमा व्यापक बहस सुरु भएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077