काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रसांसद हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसप्रति आपत्ति जनाएका छन्।
साम्पाङले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको दाबी गर्दै यसलाई सरकारको “ठूलो असफलता” को संज्ञा दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले प्रधानन्यायाधीश नियुक्तिमा न्यायिक वरीयताको सम्मान गरियो कि गरिएन भन्ने गम्भीर प्रश्न उठाएका छन्।
उनले लेखेका छन्, 'वरीयताले चौथो मानिने व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनु सरकारको अर्को ठूलो असफलताको कारण हो। अध्यादेशको औचित्य पुष्टि गरेको यही होला। चुपचाप घण्टी छापको करामत !'
बालेन्द्र शाह नेतृत्वको सरकारप्रति आक्रोश व्यक्त गर्दै साम्पाङले संसद् छलेर अध्यादेश ल्याइएको आरोप समेत लगाए।
उनले भनेका छन्, 'प्रधानन्यायाधीशको नियुक्तिमा वरीयताको ख्याल राखियो कि राखिएन ? यही गर्नलाई संसद् छलेर अध्यादेश ल्याएको हो। नीतिगत भ्रष्टाचारी सरकार !'