काठमाडौं । नेपाल बार एसोसिएसनले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे औपचारिक धारणा बनाउन शुक्रबार आकस्मिक बैठक बोलाएको छ।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार परिषद्को निर्णयबारे कानुनी र संवैधानिक पक्षमा छलफल गर्न बारका सल्लाहकार, संविधानविद्, कानुनविद् तथा पूर्वपदाधिकारीलाई बोलाइएको हो ।
बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
शर्मा सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश हुन्।