Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटनमन्त्री पौडेल र सञ्चारमन्त्री तिमिल्सिनाले बजेट तयारीबारे रास्वपा सांसदहरुसँग छलफल गर्दै

पर्यटनमन्त्री पौडेल र सञ्चारमन्त्री तिमिल्सिनाले बजेट तयारीबारे रास्वपा सांसदहरुसँग छलफल गर्दै

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट तयारीका सन्दर्भमा सरकारका मन्त्रीहरू संसदीय दलहरूसँग निरन्तर छलफलमा छन् ।

आज पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गणेश) र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

अपराह्न ४ बजे पार्टीको संसदीय दल कार्यालयमा आयोजना हुने बैठकमा बैठकमा आर्थिक वर्ष २०८३–८४ को बजेट तर्जुमा तथा त्यसको पूर्वतयारीका विषयमा विस्तृत छलफल हुने बताइएको छ।

यसअघि बुधबार पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पनि रास्वपाका सांसदहरूसँग बजेटसम्बन्धी विषयमा परामर्श गरेका थिए ।

छलफल अर्थमन्त्री वाग्लेले राजश्व वृद्धि गर्ने लक्ष्य सरकारले राखेको जानकारी गराएका थिए । १२ खर्बको राजश्व संकलनलाई वृद्धि गरेर १४ खर्ब पुर्‍याउने लक्ष्य अर्थमन्त्री वाग्लेले सुनाएका थिए ।

साथै विगतमा निर्माण सुरु गरिएका ३ हजार वटा पुल तीन वर्षभित्र बनाउने लक्ष्य रहेको सांसदहरुलाई अवगत गराइएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077