Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व भिआईपीहरूले विदेशमा उपचार गराउँदा गैरकानुनी खर्च लिएको भन्दै सर्वोच्चमा रिट

पूर्व भिआईपीहरूले विदेशमा उपचार गराउँदा गैरकानुनी खर्च लिएको भन्दै सर्वोच्चमा रिट

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । पूर्व विशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

राज्यका विशिष्ट अधिकारीहरूको विदेशमा उपचार गराउँदा उपचार खर्च राज्यकोषबाट भराउनु गलत भएको भन्दै सर्वोच्चमा रिट निवेदन परेको हो ।

सरोज न्यौपानेले बिहीबार सर्वोच्चमा दायर गरेको रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाएर रिट दायर गरिएको छ । उक्त रिटको प्रारम्भिक सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।

राज्यका पूर्व पदाधिकारीहरुले स्वदेशमा उपचार गर्न मिल्ने अवस्था हुँदाहुँदै पनि विदेशमा गएर उपचार गर्न मन्त्रिपरिषदको निर्णयबाट उनीहरुले उपचारखर्च लिँदै आएका थिए ।

२०७५ सालमा जनस्वास्थ्य ऐन जारी गरेर त्यस्तो क्रियाकलापमा रोक लगाइएको भएपनि अर्को कार्यविधिमा भएको व्यवस्था अनुसार विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदै आएका थिए ।

तर, सर्वोच्च अदालतले गत वैशाख १४ गते राज्यका पूर्व विशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानुनी व्यवस्था खारेज गरेको थियो । संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने संवैधानिक इजलासले निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७३ को दफा १२(१)खारेज गरेको हो । सो दफामा पूर्व विशिष्ट व्यक्तिहरूले विदेशमा गराएको उपचारको खर्च सरकारले व्यहोर्ने व्यवस्था थियो । 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077