Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानसँगको युद्ध चाँडै समाप्त हुने ट्रम्पको दाबी

इरानसँगको युद्ध चाँडै समाप्त हुने ट्रम्पको दाबी

बिहिवार , बैशाख २४, २०८३

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव र सम्भावित युद्ध अवस्था चाँडै अन्त्य हुने दाबी गरेका छन्।

बुधबार साँझ आयोजित रिपब्लिकन नेता बर्ट जोन्सको समर्थन कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिका इरानसँग होर्मुज जलमार्ग र आणविक कार्यक्रमसम्बन्धी सम्झौताको प्रयासमा रहेको बताएका हुन् ।

उनले इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने अमेरिकी अडान दोहोर्याउँदै वर्तमान कदम “सही र आवश्यक” भएको दाबी गरे।

ट्रम्पले भने, 'के भइरहेको छ भनेर हेर्दा तपाईंहरूले बुझ्नुहुन्छ, हामी यो अत्यन्त महत्वपूर्ण कारणले गरिरहेका छौं। हामी इरानलाई आणविक हतियार बनाउन दिन सक्दैनौं। धेरै मानिसहरूलाई थाहा छ, हामी सही काम गरिरहेका छौं र यो चाँडै अन्त्य हुनेछ।'

सीएनएनका अनुसार इरानले बिहीबार मध्यस्थकर्ताहरूलाई अमेरिकी प्रस्तावको जवाफ दिनेछ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आफूहरू यस अमेरिकी प्रस्तावमा पाकिस्तानी मध्यस्थकर्ताहरूसँग विचार साझा गर्ने बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077