Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवादित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

विवादित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धानका लागि उनीहरूलाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

अदालतको आदेश अनुसार शङ्कर ग्रुपका सञ्चालकअग्रवालको हकमा छैटौँ पटक र अर्का व्यवसायी दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत चैत्र १९ गते काठमाडौंको गैह्रिधारबाट पक्राउ परेका भट्ट र चैत्र २१ गते भैरहवाबाट पक्राउ परेका अग्रवालमाथि सम्पत्ति शुद्धीकरण तथा सम्बद्ध कसुरमा अनुसन्धान गरिरहेको छ । 

शंकर ग्रुपको मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ । शंकर ग्रुप र भट्टका कम्पनीबीच ४५ करोड अवैध कारोबार भएको स्रोत बताउँछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077