Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी ३९ जना कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा मनोनीत [सूचीसहित]

यी ३९ जना कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा मनोनीत [सूचीसहित]

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको सदस्यमा ३९ जना व्यक्तित्वलाई मनोनीत गरेका छन् ।

पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम उपसभापति शर्माले विभिन्न क्षेत्रका विज्ञ, राजनीतिज्ञ तथा सामाजिक व्यक्तित्वहरूलाई प्रतिष्ठान सदस्यमा नियुक्त गरेको जनाइएको छ।

नवनियुक्त सदस्यहरूमा मधु आचार्य (काभ्रेपलाञ्चोक), डा. गोपाल दहित थारू (बर्दिया), अञ्जु झा (रौतहट), उमेश श्रेष्ठ (ललितपुर), प्रा.डा. गोविन्दराज पोखरेल (प्यूठान) लगायतका व्यक्तित्वहरू समावेश छन्।

त्यसैगरी सूचीमा मीन भाम (मुगु), डा. अञ्जनीकुमार झा (महोत्तरी), डा. यादव पण्डित (प्रवास), बद्री सिग्देल (बर्दिया), गोपालप्रसाद पोखरेल (सुनसरी), श्रवण मुकारुङ (भोजपुर), मोहना अन्सारी (बाँके), महेन्द्रप्रसाद यादव (सप्तरी) लगायत विभिन्न जिल्लाका प्रतिनिधित्व गर्ने व्यक्तिहरू रहेका छन्।

प्रतिष्ठान सदस्यमा प्राविधिक, शैक्षिक, सामाजिक तथा राजनीतिक क्षेत्रका युवा तथा अनुभवी व्यक्तित्वहरूको पनि समावेश गरिएको छ। सूचीमा ई. दिपेश विष्ट (काठमाडौं), डा. कृष्णप्रसाद पौडेल (कास्की), प्रकाश लामिछाने (सुर्खेत), विमला राई (खोटाङ), राकेश सिंह (पर्सा), कञ्चन झा (पर्सा), सुमित शर्मा ‘समीर’ (धनुषा) लगायतका नाम छन्।

त्यस्तै काठमाडौं, चितवन, स्याङ्जा, डडेल्धुरा, सोलुखुम्बु, ताप्लेजुङलगायत जिल्लाबाट समेत प्रतिनिधित्व हुने गरी ३९ सदस्यीय सूची तयार गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077