काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका सचेतकहरूको बैठक बोलाएका छन्।
सत्तारुढ दल तथा प्रतिनिधिसभामा रहेका विपक्षी दलका सचेतकहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभामुखले बैठक आह्वान गरेका हुन्।
बैठक आज मध्याह्न १२ बजे सिंहदरबारमा बस्ने जानकारी राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले दिएका छन्।
हालको राजनीतिक परिस्थितिमा संसद् सञ्चालन, समसामयिक विवाद र दलहरूबीचको समन्वयका विषयमा बैठक केन्द्रित हुने अपेक्षा गरिएको छ।