Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हर्मुजमा रोकिएका जहाजलाई सुरक्षित निकास दिने ट्रम्पको घोषणापछि तेलको मूल्यमा गिरावट

हर्मुजमा रोकिएका जहाजलाई सुरक्षित निकास दिने ट्रम्पको घोषणापछि तेलको मूल्यमा गिरावट

सोमवार , बैशाख २१, २०८३

एजेन्सी । स्ट्रेट अफ हर्मुजमा रोकिएका पानीजहाजलाई सुरक्षित निकास दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत ती क्षेत्रमा रोकिएका जहाजलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकाले सहयोग गर्ने बताएका थिए। त्यसको प्रभावस्वरूप सोमबार तेलको मूल्य ओरालो लागेको हो।

बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १०७.५३ डलर कायम भएको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट ८४ सेन्टले घटेर १०१.१० डलरमा झरेको छ।

ट्रम्पले इरान, मध्यपूर्व र अमेरिकाको हितका लागि भन्दै प्रतिबन्धित जलमार्गबाट जहाजलाई सुरक्षित बाटो दिने र व्यापारिक गतिविधि सहज बनाउने प्रतिबद्धता जनाएका छन्।

यद्यपि अमेरिका र इरानबीच शान्ति सम्झौता हुन नसक्दा तेलको मूल्य अझै पनि १०० डलरमाथि कायम छ। हर्मुज क्षेत्रमा व्यापारिक आवागमन अझै सीमित छ भने दुवै देशबीचका वार्ताहरू निष्कर्षमा पुग्न सकेका छैनन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077