Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई दुर्गा प्रसाईंको प्रश्न- सेना सुकुम्वासी बस्तीमा हुनुपर्ने कि सिमामा ?

सरकारलाई दुर्गा प्रसाईंको प्रश्न- सेना सुकुम्वासी बस्तीमा हुनुपर्ने कि सिमामा ?

'बालेन डोजर लिएर सुकुम्वासी बस्तिमा होइन लिपुलेक कालापानीमा हुनुपर्ने होइन ?'

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुकुम्बासीको पक्षमा लड्ने घोषणा गरेका छन् ।

आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारले सीमा रक्षाको सट्टा सुकुम्वासीलाई लखेट्ने कार्यलाई प्राथमिकतामा दिएकोमा प्रसाईंले आक्रोश पोख्दै उक्त घोषणा गरेका हुन् ।

प्रसाईंले सर्वहारा बर्ग, गरिब, सुकुम्बासीको पक्षमा लड्ने घोषणाका साथै सक्ने भए आफुलाई पक्रेर लैजान समेत चुनौती दिएका छन् ।

उनले भने- ‘म आजबाट सर्वहारा बर्ग, गरिब, सुकम्वासीको पक्षमा लड्छु, सक्छौ भने पक्रेर लैजाउ । यिनीहरुले गरिब सर्वहारालाई रुवाएका छन्, त्यसको आँशु लाग्छ ।’

सरकारले यतिबेला नेपाली सेनालाई सुकुम्बासी बस्तिमा नभइ कालापानी लिपुलेक पठाउनु पर्नेमा प्रसाईंले जोड दिए।

उनले थप भने- ‘भोलीदेखि भारत र चीनले मानसरोबरको बाटो खोल्दैछन् । सिमा सुरक्षाका लागि नेपाली सेना आज सुकुम्वासी बस्तिमा हुनुपर्ने कि लिपुलेक कालापानीमा हुनुपर्ने ? बालेनले मेयर हुँदा ग्रेटर नेपालको नक्सा लगाएको होइन । उनी डोजर लिएर सुकुम्वासी बस्तिमा होइन लिपुलेक कालापानीमा हुनुपर्ने ?' 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077