Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युद्ध रोक्न इरानले गरेको नयाँ प्रस्ताव पनि ट्रम्पद्धारा अस्वीकार

युद्ध रोक्न इरानले गरेको नयाँ प्रस्ताव पनि ट्रम्पद्धारा अस्वीकार

शनिवार , बैशाख १९, २०८३

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले पठाएको नयाँ प्रस्ताव अस्वीकार गरेका छन् ।

इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार, तेहरानले बिहीबार साँझ मध्यस्थकर्ता पाकिस्तान मार्फत वाशिङ्टनसँग वार्ताका लागि नयाँ प्रस्ताव पठाएको थियो । तर प्रस्तावको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले टेलिभिजन अन्तर्वार्तामा युद्ध अन्त्य र दिगो शान्ति स्थापना आफ्नो देशको प्राथमिकता भएको बताएका छन्।

तर फ्लोरिडामा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले उक्त प्रस्ताव अस्वीकार्य भएको स्पष्ट पारे । 'इरानको नयाँ प्रस्ताव पनि स्वीकार्य छैन। उनीहरूको नेतृत्व अलमलमा र विभाजित देखिन्छ,' उनले भने, 'उनीहरू सम्झौता गर्न चाहन्छन्, तर आपसमै सहमत हुन सकेका छैनन्।'

यसअघि पनि अप्रिल २६ र २७ मा इरानले प्रस्तावहरू पेस गरेको थियो, जुन ट्रम्प प्रशासनले अस्वीकार गरिसकेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077