एजेन्सी । क्षेत्रीय तनाव चर्किंदै जाँदा इरानका सर्वोच्च नेताले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने बताएका छन् ।
देशको अर्थतन्त्र अमेरिकी नाकाबन्दीका कारण दबावमा परेको बेला इरानको यस्तो अडान आएको हो ।
राज्य टेलिभिजनमार्फत सार्वजनिक गरिएको वक्तव्यमा अयातुल्ला मोजताबा खमेनीले इस्लामिक गणतन्त्रका वैज्ञानिक, प्राविधिक र सैन्य क्षमताहरू राष्ट्रिय पहिचानसँग जोडिएको बताउँदै तिनको संरक्षण अपरिहार्य रहेको बताएका हुन् ।
अमेरिकी नौसेनाले इरानी तेल ट्याङ्करहरूको आवागमन रोकेपछि निर्यात प्रभावित भएको छ भने विश्व बजारमा तेल आपूर्ति अस्थिर बनेको छ ।
हर्मुज जलमार्गमा इरानको प्रभावका कारण विश्वको झन्डै पाँचौँ हिस्सा कच्चा तेल ढुवानी प्रभावित भइरहेको छ ।
ऊर्जा आपूर्तिमा आएको दबावले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि राजनीतिक तथा आर्थिक चुनौती बढाएको छ ।