Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनोहरा क्षेत्रका सबै घरटहरा भत्काइयो

मनोहरा क्षेत्रका सबै घरटहरा भत्काइयो

सोमवार , बैशाख १४, २०८३

भक्तपुर । भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्बासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ।

मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुम्बासी बस्तीका ८१० घरटहरा भत्काइ सकिएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

सो स्थानका संरचना भत्काउन आज २४ वटा जेसिबी प्रयोग गरिएका थिए। त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुम्बासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको हो। शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुङ्गामुढा भएको थियो ।

सुकुम्बासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइते समेत भएका थिए।

आइतबार बिहान करिब दुई हजारको सङ्ख्यामा सुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफैँ बस्ती छाडेका थिए।

आइतबार र सोमबार शान्तिपूर्ण रूपमा सुकुम्बासी बस्ती खाली गराउने काम भएको प्रहरीले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077