Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारका प्रवक्ताले भने- सुकुमबासी बस्ती हटाउने नाममा बल प्रयोग हुँदैन

सरकारका प्रवक्ताले भने- सुकुमबासी बस्ती हटाउने नाममा बल प्रयोग हुँदैन

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले सरकारले सुकुमबासी बस्ती हटाउने नाममा बल प्रयोग नगर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यस्तो भनेका हुन् ।

उनले सुकुमबासी समस्यालाई दीर्घकालीन समाधान गरिने भन्दै जबरजस्ती डोजर प्रयोग गर्ने वा प्रहरी परिचालन नगर्ने बताए ।

'जबरजस्ती प्रहरीको बल प्रयोग गरे डोजर लगाउने योजना सरकारको छैन । हामीले उहाँहरूलाई सेफ ठाउँमा काम अघि बढाएका हौँ,' उनले भने ।

उनका अनुसार बाढी तथा अन्य विपद्को उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकार आग्रह र सहमतिका आधारमा अघि बढिरहेको छ ।

विगतमा बाढीका कारण नदीकिनारका बस्तीमा बसोबास गर्ने नागरिकले सरसामान छाडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएकाले यसपटक पूर्वतयारीस्वरूप सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु गरिएको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077