एजेन्सी । इरानले हालको तनावपूर्ण परिस्थितिमा होर्मुज जलडमरू पुनः नखोलिने संकेत दिएको छ ।
इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले युद्धविराम उल्लङ्घन भइरहेका बेला यस्तो निर्णय सम्भव नभएको बताएका हुन् ।
उनले संयुक्त राज्य अमेरिकामाथि आरोप लगाउँदै अमेरिकी नाकाबन्दीले इरानी बन्दरगाहहरूलाई लक्षित गरेको र यसले विश्व अर्थतन्त्रलाई नै “बन्धक” बनाएको दाबी गरे। गालिबाफका अनुसार नाकाबन्दी अन्त्य नभएसम्म पूर्ण युद्धविरामको वातावरण बन्न सक्दैन।
यसबीच, अमेरिका र इरानबीच कूटनीतिक पहल तीव्र बनेको छ। पाकिस्तान को राजधानी इस्लामाबादमा शुक्रबार दुई देशबीच वार्ता हुने अपेक्षा गरिएको छ।