Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिर्ता भयो हर्क साम्पाङको फेसबुक पेज

फिर्ता भयो हर्क साम्पाङको फेसबुक पेज

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गर्ने आशयको स्टाटस लेखेपछि फेसबुकको कारबाहीमा परेको उक्त पेज केही दिनपछि पुनः बहाल गरिएको हो ।

गत बिहीबार काठमाडौं अवतरणपछि साम्पाङले ‘काठमाडौंको यलम्बर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरियो’ भन्ने स्टाटस पोस्ट गरेका थिए ।

सोही पोस्टलाई लिएर फेसबुकले आफ्नो कम्युनिटी स्ट्यान्डर्ड उल्लंघन भएको भन्दै पेज निलम्बन गरेको थियो।

‘हर्क साम्पाङ ए रिभोलुसन’ नामक उक्त पेजमा १४ लाखभन्दा बढी फलोअर रहेका छन् । पेज बिहीबार दिउँसोदेखि नै बन्द अवस्थामा थियो।

केही दिनको प्राविधिक परीक्षण तथा अपिल प्रक्रियापछि फेसबुकले पेजमाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077