काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ।
मंगलबार अपराह्न सुरु भएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सहित मन्त्रीहरू सहभागी रहेका छन्।
त्यस्तै, गृहमन्त्री सुधन गुरुङ पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी देखिएपछि विवाद उत्पन्न भएको छ। विपक्षी दलले गुरुङको राजीनामा माग गरेका छन्।
रास्वपा भित्रै पनि गुरुङको राजीनामाको अवाज उठेको बताइएको छ । राजीनामाको चौतर्फी दबाब परेपछि गुरुङ केहीबेर अघि मात्रै पार्टी सभापति रवि लामिछानेलाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । सभापति लामिछाने र मन्त्री गुरुङबीच के छलफल भयो भन्नेबारे अहिलसम्म केही बाहिरिएको छैन ।
यद्यपी आज गृहमन्त्री गुरुङले राजीनामा दिन सक्ने रास्वपाकै एक सांसदले अनलाइन नेपाललाई बताए । ती सांसदले भने–‘गृहमन्त्रीले आज राजीनामा दिनुहुन्छ । यो विषयमा प्रधानमन्त्रीज्यू पनि सकारात्मक नै हुनुहुन्छ ।