Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अस्पतालबाट डिस्चार्ज भए केपी ओली

अस्पतालबाट डिस्चार्ज भए केपी ओली

शनिवार , बैशाख ५, २०८३

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्।

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गत ३० चैतमा पित्तथैलीको शल्यक्रियापछि शनिबार उनी डिस्चार्च भएका हुन्। 

१४ चैतमा प्रहरीले ओलीलाई भक्तपुरको गुन्डुस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो। स्वास्थ्यको कारण देखाउँदै उनलाई सोही दिन बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

ओलीको गिरफ्तारीपछि उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी(प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

सर्वोच्चले २३ चैत बेलुका ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो।

ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेकाले २४ गते थुनामुक्त भए पनि शल्यक्रिया गर्नुपर्ने भएपछि उनी अस्पतालमै थिए। 

ओलीको सचिवालयका अनुसार आज उनी अस्पतालबाट डिस्चार्ज भएका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077