Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीमा मरेको बोइलरको मासु खादा एकै परिवारका दुई जनाको मृत्यु, दुई बिरामी

कैलालीमा मरेको बोइलरको मासु खादा एकै परिवारका दुई जनाको मृत्यु, दुई बिरामी

शनिवार , बैशाख ५, २०८३

धनगढी । कैलालीमा मरेको बोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा चुरे गाउँपालिका–३ भक्तपुर बस्ने ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकार रहेका छन् ।

बिहीबार मरेको बोइलर कुखुराको मासु खाएर बिरामी परेका दुई दाजुभाईकोउपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु हो ।

 यस्तै बोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना बिहीबारको भएपनि प्रहरीलाई शुक्रबार मात्र खबर गरिएको थियो।  त्यसपछि प्रहरीको समन्वयमा उनीहरू चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो।

उनीहरुले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको पाइएको प्रहरीले जनाएको छ।  फार्म सञ्चालक मंगल साउदले आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077