काठमाडौं । देशभर कुखुराको मासुको मूल्य घटेको छ ।
साउन लागेसँगै मासु खपत कम भएकाले मूल्य प्रतिकिलो ८० रुपैयाँले घटाइएको हो ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार गत महिना ४२० रुपैयाँ प्रतिकिलो पर्ने मासुको खुद्रा मूल्य हाल घटेर ३४० रुपैयाँ कायम भएको छ ।
अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत हुने गरेको छ ।