काठमाडौं । कुखुराको मासु एक महिनाको बीचमा प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घटेको छ ।
एक महिना अघि प्रतिकिलो चार सय ५० रूपैयाँमा बिक्री भएको मासु हाल तीन सय ४५ रूपैयाँमा बिक्री भइरहेको कुखुरा व्यवसायी संघले जनाएको छ ।
पछिल्लो समय मागभन्दा बढी कुखुरा उत्पादन भएकाले मूल्य घटेको बताइएको छ ।
यो समयमा विगतमा पनि कुखराको मासुको मूल्य घट्ने गरेको संघको भनाई छ । हालको मूल्यभन्दा अझै मूल्य घट्ने संभावना भने नरहेको बताइएको छ ।