Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

होर्मुज जलसन्धि ‘सधैं खुला’ गर्ने ट्रम्पको घोषणा

होर्मुज जलसन्धि ‘सधैं खुला’ गर्ने ट्रम्पको घोषणा

बिहिवार , बैशाख ३, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै अत्यन्त संवेदनशील र रणनीतिक समुद्री मार्ग मानिने होर्मुज जलसन्धिलाई ‘सधैंका लागि खुला’ गर्ने घोषणा गरेका छन् । 

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत ट्रम्पले उक्त घोषणा गर्दै यस निर्णयले विश्व व्यापारलाई सहज बनाउने र विशेषगरी चीनलाई ठूलो राहत पुग्ने दाबी गरेका छन्।

'म होर्मुज जलसन्धि सधैंका लागि खुला गर्दैछु। यसबाट चीन निकै उत्साहित छ,' उनले लेखेका छन्, 'यो निर्णय चीन र बाँकी विश्वकै हितमा हो, यस्तो अवसर फेरि आउने छैन।'

ट्रम्पले थप दाबी गर्दै शी जिनपिङसँगको आगामी भेटमा चीनले इरानलाई हतियार नपठाउने सहमति हुने बताएका छन्। उनले व्यंग्यात्मक शैलीमा “चिनियाँ राष्ट्रपतिले मलाई अंकमाल गर्दै धन्यवाद दिनेछन्” भन्ने टिप्पणीसमेत गरेका छन्।

यसअघि चीनले होर्मुज जलसन्धि विश्वकै प्रमुख ऊर्जा र व्यापार मार्ग भएको भन्दै यसको नाकाबन्दीको विरोध गर्दै आएको थियो। तर, ट्रम्पको पछिल्लो अभिव्यक्तिले चीन–अमेरिका सम्बन्धमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077