Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

होर्मुज जलमार्गबाट अमेरिकी युद्धपोतलाई चेतावनी दिएर फिर्ता पठाएको इरानको दाबी

होर्मुज जलमार्गबाट अमेरिकी युद्धपोतलाई चेतावनी दिएर फिर्ता पठाएको इरानको दाबी

आइतवार , चैत्र २९, २०८२

एजेन्सी । इरानले होर्मुज स्ट्रेट क्षेत्रबाट अमेरिकी युद्धपोतलाई चेतावनी दिएर फिर्ता पठाएको दाबी गरेको छ । यससम्बन्धी भिडियो इराकको नजफस्थित इरानी वाणिज्य दूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

वाणिज्य दूतावासले सार्वजनिक सन्देशमा ४० दिनअघि इरानी नौसेना नष्ट गरिएको दाबीलाई अस्वीकार गर्दै एक इरानी युद्धपोतले चेतावनीसहित शत्रुका युद्धपोतहरूलाई सो क्षेत्रबाट हटाएको उल्लेख गरेको छ ।

सार्वजनिक भिडियोमा एक युद्धपोत देखिन्छ भने पृष्ठभूमिमा कडा चेतावनी सुनिन्छ—जहाँ शत्रुपक्षलाई तत्काल क्षेत्र छाडेर हिन्द महासागरतर्फ जान भनिएको छ। आदेश नमाने आक्रमण गरिने चेतावनी तीनपटक दोहोरिएको पनि भिडियोमा सुनिन्छ।

त्यसपछि अमेरिकी युद्धपोत टाढा सरेको दृश्य देखाइएको दाबी गरिएको छ। साथै, इरानी पक्षले एक लडाकु विमानमार्फत १० माइलभित्र आए गोली हानिने चेतावनी दिएको पनि उल्लेख गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077