Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको घोषणा

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको घोषणा

आइतवार , चैत्र २९, २०८२

नवलपुर। गृहमन्त्री सुधन गुरुङले आफूले पिर्के सलामी नखाने घोषणा गरेका छन् ।

नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेका उनले आफूले पिर्के सलामी नलिने निर्णय गरेको सुनाएका हुन् ।

केही दिनदेखि विभिन्न जिल्लाको भ्रमणमा रहेका गृहमन्त्री गुरुङ आइतबार नवलपुर पुगेका छन् ।

गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए ।

गृहमन्त्री सशस्त्रको कार्यालय पुग्दा नवलपुरका सहायक सीडीओ चिरन्जिबि राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनय कुमार सिंह लगायतको समेत सहभागी थिए ।

गुरुङले उनीहरुसंग  जिल्लाको शान्ति सुरक्षा, सुरक्षा जोखिमलगायत विषयमा छलफल गरेका थिए ।

आइतबार नवलपुर पुगेका गुरुङ त्यसअघि शनिबार राति चितवनको भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा सुरक्षा निकायका उच्च अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिसँग भेट गरेका थिए। आइतबार बिहान भरतपुरमा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले उनलाई स्वागत गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077