Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीआईबीद्वारा राजस्व चुहावटमा चार करोड जरिवाना र कैद भएपछि फरार दुई जना पक्राउ

सीआईबीद्वारा राजस्व चुहावटमा चार करोड जरिवाना र कैद भएपछि फरार दुई जना पक्राउ

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । राजस्व चुहावट कसूरमा ४ करोड बढी जरिवाना र १ वर्ष कैद सजाय तोकिएको ठगी मुद्दाका दुई जना प्रतिवादी पक्राउ परेका छन् । 

युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका सञ्चालकसहित दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी०ले पक्राउ गरेको हो ।

पक्राउ पर्नेका सर्लाहीको ब्रम्हपुरी नगरपालिका वडा नं. २ सखुवाबा स्थायी ठेगाना हाल काठमाडौंको कुलेश्वरबाट ३१ वर्षीय प्रवीणकुमार महतो र बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको सामाखुसी बस्ने ५२ वर्षीय महेन्द्र केसी रहेका छन् ।

शुक्रबार सीआईबीको टोलीले महतोलाई कुलेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराएको छ ।

युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका सञ्चालक केसी पनि ठगी मुद्दामा सर्वोच्च अदालतको मिति २०८२ वैशाख २ गतेको फैसलाले २५ हजार रुपियाँ जरिवाना र २ वर्ष ५ महिना कैद सजाय ठहर भई फरार थिए ।

उनलाई प्रहरी टोलीले शुक्रबार सामाखुसीबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077